चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग गर्न रोक लगाइयोस्ः गंगाकुमारी बेलवासे


१४ माघ २०८२, मंगलवार १४:०१ मा प्रकाशित


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा ¥यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गर्नुभएको छ ।


मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताउनु भयो । उहाँकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन ।

घाँटीमा मालाझैं लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उहाँले बताउनु भयो । उहाँले नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्नुहुँदै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गर्नुभयो । 

उहाँले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानूनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here