अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने घोषणा


१४ माघ २०८२, मंगलवार १२:१८ मा प्रकाशित


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको द्विपक्षीय व्यापार सम्झौता लागू नगरेको आरोप लगाउँदै निश्चित कोरियाली सामानहरूमा भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा कोरियाली व्यवस्थापिकाले अमेरिकाको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेका कारण दक्षिण कोरियाली सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याएको बताउनु भयो । 

दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको सम्झौता पालना नगरेको आरोप लगाउनु भयो । राष्ट्रपति ली र आफूले जुलाई ३०, २०२५ मा दुवै देशका लागि एक उत्कृष्ट सम्झौता गरेको भन्दै अक्टोबर २९, २०२५ मा आफू कोरियामा रहँदा यी शर्तहरू कार्यान्वयन गर्ने प्रतिवद्धता गरेपनि सफल नभएको बताउनु भयो ।

अक्टोबर २०२५ मा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट हुने आयातमा १५ प्रतिशतको एकमुष्ठ भन्सार शुल्क लगाउने कुरा थियो । जुन ट्रम्पले पहिले धम्की दिएको स्तरभन्दा १० प्रतिशत बिन्दुले कम थियो । यसको बदलामा, दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्न सहमति जनाएको थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here