काठमाडौं । नेपाली काँग्रेसका नेता नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवफ दिने क्रममा उहाँले निर्वाचन आयोगले आधिकारिकता दिलाएको काँग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरु पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभएको हो ।
उहाँले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको समेत बताउनु भयो ।
नेता शर्माले संस्थापन पक्षका नेताहरुलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरुले मिलाएर लैजाने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनमा काँग्रेस एक्लैले लडने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने दाबी समेत गर्नुभयो । गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि आफूहरु लाग्ने नेता शर्माको भनाई थियो ।
नेता शर्माले काँग्रेस विभाजित नभएको र अब त्यसभित्र विवाद जाने जाने ठाउँ नभएको पनि बताउनु भयो ।






