२० लाख दिएपछि नेता शर्माले भनेः सुपर ८ मा पुगे फेरि २० लाख दिन्छु


४ माघ २०८२, शनिबार १५:४२ मा प्रकाशित

नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।


नेपाल क्रिकेट संघ(क्यान)ले शनिवार आयोजना गरेको विश्वकप क्रिकेट खेल्न जाने टोलीको बिदाई कार्यक्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो । डा. शर्माले क्रिकेटसँग आफू नजिक रहेको पनि बताउनु भयो । उहाँले क्रिकेट टोलिको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरुले लिएको पनि जानकारी दिनुभयो ।

दुई वर्षको लागी क्यानसँग खेलाडी र उनीहरुको परिवारको उपचारको काठमाडांै मेडिकल कलेजले सम्झौता गरेको उहाँको भनाई छ । उहाँले उक्त सम्झौता सकिएपछि फेरि नविकरण गर्ने समेत जानकारी दिनुभयो ।

उहाँले निजी क्षेत्रलाई समेत समावेश गरि खेलाडीहरुलाई उचित पेन्सन सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले खेलाडीहरुको व्यवस्थापन गर्न राज्यले समयमा नै ध्यान दिनुपर्ने बताउनु भयो । खेलाडीहरुले सन्यास लिएपनि आर्थिक अभावमा समस्या भोग्नुपर्ने स्थिति आउन नदिन सबैले ध्यान दिनुपर्ने बताउनु भयो । 

आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको हो । टोलीलाई क्यानका अध्यक्ष क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here