काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दिए पदबाट राजीनामा


३ माघ २०८२, शुक्रबार १८:०९ मा प्रकाशित


काठमाडौं । काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । 


पाण्डेले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ ४ गतेदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गर्नुभयो ।

उहाँले काठमाडौंका सडकपेटी तथा अतिक्रमित सयौं विगा जग्गा सरकारको नाममा ल्याउन सफल भएको बताउनु भयो । उहाँले माघ ४ गतेपछि आफ्नो अगामी यात्राको बारेमा जानकारी गराउने बताउनु भयो । सबैसँग सल्लाह गरेर नै अगाडि बढ्ने उहाँको भनाइ छ ।

उहाँले काठमाडौं महानगरको सुधार र शहरी सुशासनका लागि सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गर्नुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here