काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रिय कार्य समिति भंग भइसकेको बताउनुभएको छ ।
बुधवार काठमाडौंस्थित विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरु नयाँ कार्य समिति चयन गर्ने क्रममा रहेको बताउनु भयो । उहाँले विशेष महाधिवेशनबारे समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि बताउनु भयो ।
उहाँले काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले आफूहरुलाई निष्कासन गरेको सुनेको भन्दै काँग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गर्नुभयो । उहाँले वास्तविक नेपाली काँग्रेस आफूहरु भएको दाबी गर्नुभयो ।






