बिर्तामोड । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको सम्भावना रहेको बताउनुभएको छ ।
संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका बेला उहाँले अदालतबाट पुनस्र्थापना हुने सम्भावना रहेको बताउनु भएको हो । मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अनतरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पु¥याउने काम गरिएको पनि दोहो¥याउनु भयो ।
उहाँले संविधान र कानूनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढीरहेको दाबी समेत गर्नुभयो ।
सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्नेकुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पार्नुभयो ।






