जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्छः सञ्चारमन्त्री खरेल


२९ पुष २०८२, मंगलवार १६:०१ मा प्रकाशित


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनतामा परिवर्तनको अनुभुति हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 


मंगलवार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनमा पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै जेन–जी आन्दोलन र परिवर्तित सन्दर्भमा राष्ट्र सेवक हुँ भन्ने अनुभुति जनतालाई दिलाउने गरी काम गर्न कर्मचारीहरुलाई सचेत गराउनुभएको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले कर्मचारी र जनताको बीचको सम्बन्ध नङ–मासुको जस्तो बनाउन पनि उनीहरुले जनसेवाको कामलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयबाटै हुनुपर्ने पनि स्मरण गराउनु भयो ।

अनुगमनका क्रममा मन्त्री खरेलले काठमाडौ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको काम सन्तुष्टि रहेको उल्लेख गर्दै खुशी व्यक्त गर्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आफ्नो मातहतमा भइरहेका जनसेवाका कामबारे मन्त्री खरेललाई ब्रिफिङ गर्नुभएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here