वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना


६ पुष २०८२, आईतवार १६:५९ मा प्रकाशित


काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । 


संयुक्त जेन–जी आन्दोलन घोषणा गर्दै उहाँले सर्वपक्षिय सरकार आजको आवश्यकता भएको बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताउनु भयो । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उहाँको आरोप छ ।

आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उहाँले बताउनु भयो । उहाँले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गर्नभयो । उहाँले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताउनु भयो । राज्यमा सुरक्षा, न्याय र भरोसा नभएको उहाँको भनाई छ । उहाँले सरकारले देशलाई राजनितिक निकास दिने काम गर्न नसकेको पनि आरोप लगाउनु भयो ।

उहाँले सुशासन जेन–जी आन्दोलनको मुख्य माग भएपनि भ्रष्टाचारको फाईल खोल्न नसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नै सार्वजानिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप लगाउनु भयो । 

उहाँले सोमवार माईतीघरबाट आन्दोलन थाल्ने पनि जानकारी दिनुभयो । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने उहाँले जानकारी दिनुभयो । देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरुपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन–जी आन्दोलनमा संलग्नलाई धरपकट गर्न नहुने लगायतका माग राखेर आन्दोलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले रोजगारी सिर्जना गर्न जेन–जी आन्दोलन भएको भएपनि वर्तमान सरकार जेन–जीहरुलाई विदेश पठाउन तल्लिन रहेको आरोप पनि लगाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here