काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिँगै मुलुक निर्वाचनम होमिएको दाबी गर्नुभएको छ ।
ठूला राजनीतिक दलहरुले निर्वाचनको वातावरण बनाउने नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला उहाँले सो दाबी गर्नुभएको हो । आईतवार सिंहदरबारमा आफूले सय दिन सम्पादन गरेका कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको बताउनु भयो ।
उहाँले सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको जिकिर समेत गर्नुभयो । सञ्चारमन्त्री खरेलले सरकार जेन–जी आन्दोलनको मर्मअनुसार अघि बढेको समेत दोहो¥याउनु भयो ।
त्यस अवसरमा मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको पनि बताउनु भयो ।






