सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँः दुर्गा प्रसाईं


१९ मंसिर २०८२, बिहीबार १३:०५ मा प्रकाशित


काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको छ ।

 
आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरु राखेको उल्लेख गर्नुहुँदै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको हो । उहाँले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताउनु भयो ।

नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरुका मागप्रति सकारात्मक रहेको बताउनु भयो । आफूहरुका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको बताउनु भयो ।

यदी सरकारले आफूहरुका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिनुभयो । अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेन–जीलाई टेकेर बनेको सरकारले जेन–जीहरुलाई नै थुनिरहेको उल्लेख गर्नुहुँदै सरकार उल्टो बाटोमा रहेको बताउनु भयो । जेन–जी विद्रोहीलाई थुन्न नहुने उहाँको भनाइ छ । 

उहाँले २३ र २४ गतेको आन्दोलन गर्नेहरुलाई थुन्नु नहुने उहाँको भनाइ छ । राष्ट्र जोगाउने भए सबैले आफूलाई साथ दिन पनि आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here