मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्यः पूर्वमन्त्री श्रेष्ठ


१८ मंसिर २०८२, बुधबार १६:२९ मा प्रकाशित

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताउनुभएको छ ।


रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आउनुभएको उहाँले  बुधवार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । जेन–जी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरुलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरुबीच आपसि सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले फराकिलो दृष्टिकोणसहित साझा एजेण्डामा आवद्ध हुन आग्रह गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो । 

उहाँले आफू वैकल्पिक शक्तिहरुलाई एकतामा ल्याउने कार्यमा व्यस्त रहेको समेत बताउनु भयो । उहाँले नेपाललाई नागरिकको पार्टी बनोस् भन्ने शुभकामना समेत दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here