सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार भइसकेः सञ्चारमन्त्री खरेल


१० मंसिर २०८२, मंगलवार १७:२८ मा प्रकाशित


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरु निर्वाचनको लागि तयार भइसकेको बताउनुभएको छ । 


मंगलवार एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उहाँको सो प्रतिक्रिया आएको हो । मन्त्रीपरिषद् बैठकमा निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले अव निर्वाचन हुँदैन कि भन्ने आशंका गर्ने ठाउँ नरहेको समेत बताउनुभयो ।

उहाँले निर्वाचनका लागि राजनीतिक दलहरुको तर्फबाट माहौल बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पार्नुभयो । 


त्यस अवसरमा मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार आफूलाई अघि बढाएको दाबी समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here