नेकपाको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्नेछः संयोजक दाहाल


१० मंसिर २०८२, मंगलवार १५:१३ मा प्रकाशित


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागी दबाब सिर्जना गर्ने बताउनुभएको छ ।


अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (मोवादी केन्द्र), एकिकृत समाजवादी सहितका विभिन्न कम्युनिष्ट घटक दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखी विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताउनु भयो ।

एकता सन्देश सभामा लाखौँ जनता उपस्थिति हुने उल्लेख गर्नुहुँदै उहाँले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनितिक दललाई अपिल गर्ने बताउनु भयो । उहाँले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उहाँको दाबी छ । हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरु अगाडी बढ्ने उहाँले बताउनु भयो । 


उहाँले देशभक्त वामशक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताउनु भयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको आकर्षण रहेको पनि दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here