काँग्रेस पूर्वउपसभापति निधीको प्रश्तावः अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ, महाधिवेशन वैशाखमा गरौँ


५ मंसिर २०८२, बिहीबार १५:२३ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताउनुभएको छ । 


नेपाल महिला संघले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचन पटि मात्र महाधिवेशन गर्नुपर्ने बताउनु भयो ।

उहाँले अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताउनु भयो । पछिल्लो समय काँग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रिय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here