तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हाम्रो पार्टीको तत्कालीक कार्यनीतिः नारायणकाजी श्रेष्ठ


२० कार्तिक २०८२, बुधबार १७:०० मा प्रकाशित


काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीक कार्यनीति भएको बताउनुभएको छ । 
बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेता श्रेष्ठले मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेकाले पार्टी त्यसलाई तत्कालीक मूल कार्यनीति बनाएको समेत स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन सम्पन्न गर्ने शर्तमा वर्तमान सरकारलाई सफल बनाउनु पनि आफूहरुको उद्देश्य हुनुपर्ने बताउनु भयो । उहाँले निर्वाचनमा सहभागी हुन पनि सबै राजनीतिक दलहरुलाई आग्ह गर्नुभयो । 

नेता श्रेष्ठले निर्वाचनको वातावरण बनाउने काममा दृढतापूर्वक लाग्न पनि सरकारलाई सचेत गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here