फिलिपिन्समा कालमेगी आँधीबाट मृत्यु हुनेको संख्या ६६ पुग्यो


२१ कार्तिक २०८२, बिहीबार ११:३८ मा प्रकाशित


काठमाडौं । फिलिपिन्समा आईतवारदेखि आएको कालमेगी आँधीमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । अन्य २६ जना बेपत्ता भएको देशको नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधवार जनाएको छ ।

ओसीडीका उपप्रशासक राफेलितो अलेजान्ड्रोले मिडियालाई बताएअनुसार मृत्यु हुनेमध्ये ४९ जना सबैभन्दा बढी प्रभावित सेबु प्रान्तका छन् । कम्तिमा १० जना घाइते भएका छन्  । ७ लाख ६ हजार भन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएका छन् ।

बुधवार बिहानसम्म राज्यको मौसम विभागले कालमेगीको केन्द्र पलावानको एल निडोमा देखिएको बताएको छ । जुन प्रतिघण्टा २५ किलोमिटरको गतिमा पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएको छ ।

जसमा अधिकतम १२० किलोमिटर प्रतिघण्टाको हावा र १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । कालमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा आक्रमण गर्ने २० औं आँधी थियो । प्रशान्त महासागरीय आँधीबेहरी क्षेत्रको छेउमा अवस्थित फिलिपिन्सले प्रत्येक वर्ष औसत २० वटा आँधीबेहरी अनुभव गर्छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here