कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल


२० कार्तिक २०८२, बुधबार १६:५७ मा प्रकाशित


काठमाडौं । (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने ध्येयका साथ आफू पनि नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको बताउनुभएको छ । 


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही कुरामा फरकमत भएपनि आफू सिंगो मुलुकलाई एकतावद्ध गर्नका लागि बामपन्थीहरु एकतावद्ध हुनुपर्ने अडानमा रहेका सो पार्टीको एकीकरणमा ढिलो गरेर भएपनि सहभागी भएको स्पष्टिकरण दिनुभएको हो ।

नयाँ पार्टी खोल्ने घोषणा गरेका नेता खनालले बुधबार दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँले आफू सिंगो मुलुकलाई एकतावद्ध बनाउने अभियान अन्तर्गत सो कार्यक्रममा सहभागी भएको स्पष्ट पार्नुभयो ।

नेता खनालले मुलुकलाई संकटबाट पार लगाउनका लागि सिंगो वामपन्थीहरु दलहरुबीच एकता हुनुको विकल्प नरहेको तर्क समेत गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here