काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताउनु भयो । कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताउनु भयो ।
कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हावी रहेको भन्दै यसकाविरुद्ध लडिरहेको उदाहरण देखिरहेको बताउनु भयो । पीडितको जमघटले समाज परिवर्तन गर्न नसकिने उहाँको भनाइ छ ।
उपाध्यक्ष पाण्डेले युवाहरुको बीचमा गएर बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने बतउनु भयो । विश्वविद्यालयहरु पहिला असल नेता निर्माण गर्ने केन्द्र भएको बताउनु भयो । अहिलेका युवा नेता देखेपछि मानिसहरु भाग्ने गरेको बताउनु भयो ।






