नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यकः डा. बाबुराम भट्टराई


७ भाद्र २०८२, शनिबार १८:०० मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिश ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको बताउनु भयो । उहाँले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताउनु भयो ।

पुस्तान्तरण मात्रै भन्दा राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहका नातीलाई अघि सारेको पनि बताउनु भयो। नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको उहाँको भनाइ छ ।

  विविधतायुक्त, आर्थिक, सामाजिक अवस्थालाई माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here