एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र संविधानविपरीत : पूर्वप्रधानमन्त्री खनाल


८ भाद्र २०८२, आईतवार ११:२१ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगकोमिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार काठमाडौंमाआयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले यस्तो टिप्पणी गर्नुभएको हो ।उहाँले नेपाल र एमसीसीबीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाईअघि बढाउने उपकरण भएको आरोप लगाउनुभयो ।

एमसीसी सम्झौताले चीन र भारतसँगनेपालको भू–राजनीतिक सन्तुलनमाथि गम्भीर असरपुर्याएको उहाँको भनाइ छ । उहाँले एमसीसी सम्झौता संसदबाट असामान्य ढंगबाटअनुमोदन भएको समेत उल्लेख गर्नुभयो ।

उहाँले संसदमा छलफल नै नगरी एमसीसी पासगरिएको घटना आश्चर्यजनक नाटक भएको गर्दै त्यसले लोकतान्त्रिक मूल्यमान्यताकोउल्लङ्घन गरिएको समेत बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले राजनीतिक दलहरूकोदोहोरो भूमिकाका कारण विद्यार्थी, युवा र बुद्धिजीवीहरूले राष्ट्रवादी अडानकाकारण दुःख भोग्नु परेको पनि बताउनु भयो । एमसीसी सम्झौताले नेपाललाई भारतसँगमात्र विद्युत व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै यसले भारतीय एकाधिकार बलियो बनाउनेखतरा टिप्पणी गर्नुभयो ।

उहाँले एमसीसी सम्झौताकार्यान्वयनबारे अस्पष्टता रहेको र संसदमा समेत यसबारे कुनै चर्चा नहुनु आश्चर्यजनक रहेको बताउनु भयो । एमसीसीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले नेपालकोसार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here