प्रचण्डलाई जनार्दनले भनेः शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन


७ भाद्र २०८२, शनिबार १७:०५ मा प्रकाशित


काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गर्नुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गर्नुभयो । शेषनागले पृथ्वी बोक्ने कुरा दन्तेकथा भइसकेको बताउँदै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिनुभयो । आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसकेको बताउनु भयो । 

पृथ्वी कसैले छोड्दैमा नढल्ने उहाँको टिप्पणी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here