काठमाडौंको धापासीमा पहिरो जाँदा सडक अवरुद्ध


७ भाद्र २०८२, शनिबार १६:५६ मा प्रकाशित


काठमाडौं । शुक्रवारको अविरल वर्षाका कारण काठमाडौंको धापासीस्थित टोखामा पहिरो गएको छ ।


अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चाकेमा पहिरो गएको हो । पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको छ । हिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा  पोल ढाल्दा सो क्षेत्रमा शुक्रवारबाटै विद्युत आपूर्ति बन्द भएको छ ।

पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ । पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ । स्थानीयवासी प्रताप खत्री पहिरो पर्खाल अग्लो भएकाले माटो बग्न थालेको बताउनु हुन्छ ।

वडाले पार्क बनाएपछि लगाएको पर्खाल भत्किएको बताउनु भयो । स्थानीय सुरेन्द्र श्रेष्ठले पर्खाल माथि लगाएका कारण पहिरो गएको हुनसक्ने आँकलन गर्नुभयो । पर्खालको जग राम्रोसँग नखनेको उहाँको आरोप छ । 


स्थानीयहरुले पर्खाल केही दिनअघि चर्किएको तर प्लास्टिक लगाएर छेकेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here