नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित


६ भाद्र २०८२, शुक्रबार १८:४३ मा प्रकाशित


काठमाडौं ।
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।


शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पारित गर्न राख्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

जसअघि सांसदहरुले राख्नुभएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले विधेयक सरकारले प्रश्तुत गरेको भन्दा उन्नत, व्यवहारिक, पारदर्शी बनाएर संसदले अघि बढाएको बताउनु भयो । विधेयक पारित गरेर आफूहरुले ऐतिहासिक प्रस्थान गरेको जिकिर गर्नुभयो । आमा पनि वंश हो भन्नेकुरा व्यवहारिक स्थापना गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here