सरकार अधिनायकवादतिर उन्मुख छः अग्नि सापकोटा


७ भाद्र २०८२, शनिबार ११:१८ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाउनुभएको छ ।


सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको उहाँको आरोप छ । उहाँले राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरु लागिरहेको आरोप लगाउनु भयो ।

विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको बताउनु भयो । उपसभामुखबाट रानालाई हटाउने कुरा प्रतिशोधपूर्ण र बदनियतपूर्ण रहेको जिकिर गर्नुभयो ।

उहाँले संवैधानिक परिषद्मा बहुमत पुयाउन प्रधानमन्त्री ओलीले बद्नियतपूर्ण काम गरिरहनुभएको आरोप लगाउँदै यो गैरसंसदीय प्रक्रिया भएको जिकिर गर्नुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here