लोकतन्त्र स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्णः सभापति देउवा


६ भाद्र २०८२, शुक्रबार १७:२६ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।


पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक  कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गर्नुभएको बताउनु भयो । उहाँले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरुले काम गरेको बताउनु भयो । आदिवासी, जनजातिकै त्याग र बलिदानका आधारमा नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको बताउनु भयो । 


सभापति देउवाले आदिवासी, जनजाति लगायत नेताहरुलै देखाउनुभएको लोकतान्त्रिक समावेशी मार्गमा काँग्रेस अग्रसर रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here