झापामा पहिलो पटक ह्याकाथन आयोजना हुँदै, ४८ घण्टा लगातार कोडिङ्ग हुने


२३ श्रावण २०८२, बिहीबार १९:०६ मा प्रकाशित

झापा । झापामा पहिलो पटक ह्याकाथन आयोजना हुने भएको छ।

डेभलपर्स एशोसिएसन झापा नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रम “प्रोग्रामर्स अननोन ब्याटलग्राउण्ड (PUBG)” मा १५ वटा टोलीहरूको सहभागिता रहनेछ। आयोजक पदम ढकालका अनुसार अन्तर्राष्ट्रिय प्रायोजकहरू तथा सहभागीहरूको समेत उपस्थिति रहने यस कार्यक्रम ३ दिनसम्म सञ्चालन हुनेछ।

४८ घण्टा लगातार कोडिङ्ग हुने यो ह्याकाथन प्रतियोगितामा सानातिना गेमहरू, साथै +२ का विद्यार्थीहरूलाई लक्षित गरी विशेषज्ञहरूमार्फत फाइनान्सियल अवेयरनेस, सेयर बजार, एआई, रोबोटिक्स लगायत सम्पूर्ण आइटीसम्बन्धी विषयवस्तुहरू समेटिएको जानकारी दिइएको छ।

आयोजकका अनुसार उक्त कार्यक्रम श्रावण २९, ३०, ३१ गते गोमेन्द्र बहुमुखी महाविद्यालयमा आयोजना हुने जानकारी दिइएको छ। कार्यक्रममा विशेष महत्व रहेको बुझेर गोमेन्द्र बहुमुखी महाविद्यालय पनि स्पोन्सरको रूपमा रहेको छ। उक्त महाविद्यालयमा BTech.AI पढाइ हुन्छ र झापाको एक मात्र MCA पढाइ हुने महाविद्यालय पनि हो।

यस कार्यक्रममा Pratham IT System, Quality Computer, Pathao, Blasmiq, .xyz domain, RD, Ganapati Bakery, CTAL Federation लगायतका थुप्रै सहयोगी हातहरू रहेका छन्। साथै विर्तामोड नगरपालिकाले पनि सहकार्य र सहयोग गरिरहेको छ। RD जस्तो प्रविधिमैत्री कम्पनीले समेत यस कार्यक्रममा साथ दिएको जानकारी आयोजकले दिएका छन्।

कार्यक्रम आयोजक मध्येका एक तथा डेभलपर्स एशोसिएसन झापाका सचिव पदम ढकालका अनुसार झापालाई विश्वभर प्रविधिको क्षेत्रमा चिनाउने यस कार्यक्रमले सम्पूर्ण झापा र कोशी प्रदेशकै ध्यान आकर्षण गरेको छ र विकासमा टेवा पुर्‍याएको छ।

+२ का सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नै देशमै केही गर्न प्रेरित गर्ने उद्देश्य राखिएको यस कार्यक्रम तथा डेभलपर्स एशोसिएसन झापाको मुख्य उद्देश्य सिप, ज्ञान र प्रविधिमार्फत युवालाई सशक्त बनाउनु रहेको छ।

यस कार्यक्रमको सम्पूर्ण जानकारी सुर्योदय टेलिभिजनमार्फत प्रसारण हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here