‘फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन’, मुख्यमन्त्री बाँनिया


२३ श्रावण २०८२, बिहीबार १७:३३ मा प्रकाशित


काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागी मात्रै मुख्यमन्त्री नभएको बताउनुभएको छ ।


नेपाल किसान महासंघ वागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पारर्दशी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उहाँको भनाई छ ।

अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उहाँले बताउनु भयो । उहाँले आफुले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरुको पक्षमा हुनेगरी गरेकोे जानकारी दिनुभयो ।

गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरुमध्येका छोराछोरीहरुलाई प्रदेश सरकारले २÷२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनाललाई छात्रवृत्तिमा डाक्टर पढाउने बताउनु भयो । प्रदेश सरकारले गरिवका १० वटी छोरीहरुलाई नर्र्स पढाउने निर्णय पनि गरिसके उहाँले जानकारी दिनुभयो । 


बानियाँले आफूले मुख्यमन्त्रीको हैसियतले पाउने तलवभत्ता लगायतका सुविद्या पनि नदिने बताउनु भयो । आफूले पाउने तलबभत्ता आफ्नो निर्वाचन क्षेत्र लगायतका गरिब, निमुखा जनताको पक्षमा काम गर्नको लागी दिने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here