जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले देशमा सुशासन बिग्रिएको बताउनुभएको छ ।
बुधवार राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतामा विश्वास डग्मगाएको बताउनु भयो ।
भातको गाँस खाँदा पनि सुरक्षा निकायको आवश्यकता महशुस गरिएको ठाउँमा सुरक्षाका निकायप्रति जनताले विश्वास गुमाउँदै जाने परिस्थिति निर्माण हुनु दुःखद् भएको बताउनु भयो । संघीयताको आधारमा देश नचल्ने हो भने अहिलेका विकृति नहट्ने बताउनु भयो ।
सांसद अधिकारीले कानूनको अभावले प्रहरी निकाय नै चेपुवामा परेको बताउनु भयो । जनतामा विश्वास पैदा गराउनु आवश्यक रहेको बताउनु भयो ।