काठमाडौं । यातायात व्यवसायीहरुले विभिन्न माग राखेर आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका छन् ।
उनीहरुले कलोझण्डा देखाएर ६ वटैप्रदेशबाट विरोध र्याली गरेका हुन् ।
‘सार्वजनिक यातायात बचाउ अभियान’ अन्तर्गत व्यवसायीहरूले सवारी साधन सडकमा तेर्साएर शनिबार एक घण्टा चक्काजाम गरेका थिए। आगामी सोमबारसम्म आफुहरु माग पूरा नभए देशभर यातायात बन्द गर्ने आन्दोलनरत यातायात व्यवसायीहरुले चेतावनी दिएका छन् ।
नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त संघर्ष समिति गठन गरेका छन् ।