लागुऔषध सहित ५ जना पक्राउ


१८ जेष्ठ २०८२, शनिबार ११:३५ मा प्रकाशित

बिराटनगर, जेठ १७ गते । मोरङ र धनकुटाबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १६ गते दिउँसो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लाबारी-१ का ३२ बर्षीय राजु दर्जी, सुनसरी इटहरी-२ का १९ बर्षीय सरोज पौडेल र १९ बर्षीय बाबु राम पौडेललाई ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका-६ बाट ३ किलो ३८० ग्राम लागुऔषध गाँजा सहित ओसार पोसारमा संलग्न साँगुरीगढी-१ का १९ बर्षीय कसुर लिम्बु र चौबिसे गाउँपालिका-४ का २१ बर्षीय बिजय याख्खा राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरेहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here