पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्


१६ जेष्ठ २०८२, बिहीबार १३:१३ मा प्रकाशित


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गर्नुभएको छ । 


गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गर्नुभयो ।

अहिले राजतन्त्तको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरुलाई नचाहिएको बताउनु भयो । उहाँले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिष्पर्धाबाट प्रधानमन्त्री बन्न चुनौति दिनुभयो । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव नरहेको बताउनु भयो ।


अध्यक्ष नेपालले आम जनताको चाहना बमोजिम नै यो परिवर्तन आएको दाबी गर्नुभयो । परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here