गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेस प्रदेश सरकारको सरसफाई कार्यक्रम


१५ जेष्ठ २०८२, बुधबार १५:२३ मा प्रकाशित


काठमाडौं । गणतन्त्र दिवस २०८२ को पूर्वसन्ध्यामा मधेस प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानून मन्त्रालयले आफ्नो परिसरमा सरसफाई गरेको छ । 


गणतन्त्र दिवसको सन्देश जनस्तरसम्म प्रभावकारी ढंगले पु¥याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखी स्वयं उपस्थित रहेर नेतृत्व गर्नुभएको हो ।

कार्यक्रममा मन्त्रालयका गृह सचिव विमलप्रसाद बराल, प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, कर्मचारीहरू, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

गृहमन्त्री लेखीले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सिमित नराखी जनस्तरसम्म पु¥याउन यस्ता रचनात्मक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै, गणतन्त्रको मूल्य र पत्रकारिताको भूमिकालाई जोडेर जनमाझ सशक्त सन्देश प्रवाह गरिने जानकारी दिनुभयो । 


यसै क्रममा गृह मन्त्रालयले जेठ १५ गते प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रुपमा सम्मान गर्ने कार्यक्रमको आयोजना गरेको छ । निरङ्कुश शासनविरुद्ध पत्रकारितामार्फत आवाज उठाउँदै लोकतन्त्रको जग मजबुत पार्न योगदान पु¥याउने सञ्चारकर्मीहरूलाई समर्पित उक्त कार्यक्रम ऐतिहासिक हुने बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here