राजावादीहरुको आन्दोलनमाथि सरकारले प्रतिवन्ध लगाउन सक्छः सञ्चारमन्त्री गुरुङ


९ जेष्ठ २०८२, बिहीबार १६:५३ मा प्रकाशित


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिवन्ध लगाउने अधिकार सरकारलाई रहेको बताउनुभएको छ ।


बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । राजतन्त्र पुनःस्थापना गर्नेकुरा संविधन विरोधी काम भएको उल्लेख गर्नुभयो ।

अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताउनु भयो ।

आन्दोलन गर्न दिनेकुरा सरकारको कायरता नभइ उदारता भएको र कमजोरी नठान्न चेतावनी दिनुभयो । संविधान, जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने बताउनु भयो । 


मन्त्री गुरुङले राजावादीहरुको आन्दोलनको गतिविधिले कस्तो रुप लिन्छ ? त्यहीअनुसार सरकार अघि बढ्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here