काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहणपछि नवनियुक्त गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउनु भयो । मौद्रिक नीतिले सरकारको वित्त नीति कार्यान्वयनमा केही अवरोध गरेको भए परिमार्जन गर्दै जाने उहाँले बताउनु भयो ।
उहाँले पहिलो काम मौद्रिक नीतिले तय गरेका विषयहरुलाई सफल बनाउनेतर्फ र अर्को काम सुपरीवेक्षण बढाउने भएको स्पष्ट पार्नुभयो । नेपालका विभिन्न बैंकहरुमा सर्वसाधारणका धेरै पैसा बसेका र तिनीहरुको सुरक्षाका लागि सुपरीवेक्षण प्राथमिकतामा पर्ने उहाँको भनाइ थियो ।
उहाँले गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनमा अस्वीकृत हुनु आन्तरिक कुरा भएको बताउनु भयो ।