माओवादी लक्षित एमाले सांसदको कटाक्षः एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ


८ जेष्ठ २०८२, बुधबार १३:३३ मा प्रकाशित


काठमाडौं । नेकपा एमाले सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गर्नुभएको छ । 


पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बोल्दै उहाँले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रुने असर माओवादीमा रहेको टिप्पणी गर्नुभएको हो । उहाँले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरु हटाउँदा कहीँ पनि बिरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरुले नै कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको पनि बताउनु भयो । 

नेकपा एमालेकै सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्नेकुराको स्पष्ट जवाफ आग्रह गर्नुभयो । लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई भन्नुपर्ने उल्लेख गर्नुभयो । 

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद शंकर भण्डारीले आग्रह पूर्वाग्रहबाट माथि उठ्न नसकेसम्म समग्रमा अरु कुनै तर्कले मुलुक बनाउन नसकिने बताउनु भयो । देशको सबैभन्दा ठूलो समस्या नै आग्रह र पूर्वाग्रह रहेको बताउनु भयो । 

राष्ट्रका समस्याहरुलाई सबैले आफ्नो साझा मुद्दा बनाएर अघि बढ्ने हो भने देशको विकासको लय समात्ने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here