ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयले मनायो ३९ औं वार्षिककोत्सब


८ फाल्गुन २०८१, बिहीबार १९:०६ मा प्रकाशित

बिर्तामाेड, देव बाँस्काेटा । झापाको बुद्धशान्ति –३ मा रहेको ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयले आफ्नो ३९ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।


कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नृत्य, गायन, कविता तथा प्रतिभा प्रदर्शन गरेका थिए ।

साथै, उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान,पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलाले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको रूपमा ज्योति ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयलाई अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले बुद्धशान्तिमा रहेको सबैभन्दा पुरानो ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयलले अङ्ग्रेजी भाषामा अब्बल पाठ्यक्रम लागु गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालयका संस्थापक तथा प्रधानध्यापक सञ्जिव कुमार प्रधानले वालवालिकाहरूको क्षमता पहिचान गरि सबै अभिभावकहरूलाई उनीहरूको रूचीका विषयमा सरिक हुने वातावरण मिलाउन सके मात्र सिकाई उपलब्धिमुलक हुने बताउनुभयो ।

उहाँले सबै अभिभावकहरुलाई बालबच्चाहरुलाई घरमा पनि राम्रो शिक्षा दिन आग्रह गर्नुभयो । प्रधानले ३९ औँ वर्षको यात्रामा साथ दिने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन शिक्षक टंक अधिकारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here