अर्जुनधारा । झापाको अर्जुनधारामा जारी अन्तर मावि पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी मावीले जीतेको छ ।
अर्जुनधारा नगर खेलककुद विकास समितिको आयोजनामा अर्जुनधारा–९ को नमुना खेल मैदानमा भएको फुटवल प्रतियोगितामा लक्ष्मी मावी ६ लाई ४/३ गोल अन्तर्गतले ट्राइबेकरमा हराउँदै सिंहदेवी मावीले उपाधी जीतेको हो ।
टिमले आफ्नो तालमेल, रणनीति, र दृढताले दर्शकहरूको मन जित्न सफल भएको थियो । प्रतियोगिताको प्रथम हुने टिम सिंहदेवी मावीलाई ३० हजार ट्रफी मेडल र प्रमाणपत्र र दृतिय हुने टीम लक्ष्मी मावीलाई २० हजार सहित ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोल किपर सन्दीप तामाङ, बेष्ट डिफेन्डर सुनिल लोहार, सर्बाधिक गोलकर्ता प्रकाश हस्दा, बेष्ट मिडफिल्डर प्रज्वल राई, वेस्ट फरवार्ड प्रभुषण राई लाई जनही दुई/दुई हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोहमा विशेष अतिथिहरूले खेलाडीहरुलाई स्यावासी दिँदै अझै राम्रो खेल्दै जान प्रोत्साहन गरेका थिए । त्यस्तै गरेर उक्त प्रतियोगितामा अन्तराष्ट्रिय फिफा रेफ्री श्याम दनुवारलाई नगद सहित सम्मान गरिएको थियो ।
यो प्रतियोगिताले क्षेत्रीय खेलकुदमा नयाँ ऊर्जा र उत्साह थपेको छ । स्थानीय स्तरमा यस्तो खेल आयोजना हुनुले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाएको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगितामा अर्जुनधारा नगरपालिका प्रमुख बल्देव गुम्देन, जनप्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थिीती रहेको कार्यक्रमको सञ्चालन अर्जुनधारा नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङदेनले गर्नुभएको थियो ।