युवाहरुमा देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्छः अध्यक्ष अन्सारी


२९ मंसिर २०८१, शनिबार १६:४५ मा प्रकाशित



काठमाडौ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले युवाहरुमा सिंगो देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनुभएको छ ।


शनिवार काठमाडौंमा शैक्षिक सहयोग कार्यक्रममा बाल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको पुस्तामा आफ्नो लागि मात्रै नभइ देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनु भयो । उहाँले युवाहरुको सोचमा केही गरौँ भन्ने भावनामा वृद्धि हुनुपर्ने बताउनु भयो ।

उहाँले आयोगले मुस्लिम समुदायका युवाहरुका लागि लोकसेवा तयारीको समेत व्यवस्था गरेको भएपनि विद्यार्थी बीचमै छाडेर जाने स्थितिको अन्त्य गर्नुपर्नै बताउनु भयो ।


अध्यक्ष अन्सारीले निजामति सेवामा पनि मुस्लिम समुदायका युवाहरुको उपस्थिति कमजोर रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here