विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान होः सभामुख घिमिरे


२९ मंसिर २०८१, शनिबार १६:४२ मा प्रकाशित


काठमाडौ । सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावकहरु बढ्दै गएको बताउनु भयो ।

उहाँले खेलाडी उत्पादनमा निजी विद्यालयहरुको भुमिका अग्रणी रहेको बताउनु भयो । उहाँले खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थीलाई आकर्षित गर्न जरुरी रहेको बताउनु भयो । 


सभामुख घिमिरेले खेलकुदलाई राज्यले पनि महत्वका साथ लिनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here