अस्ट्रेलियाको बेरोजगारी ३.९ प्रतिशतमा झ¥यो


२८ मंसिर २०८१, शुक्रबार १०:३४ मा प्रकाशित

अस्ट्रेलियाको बेरोजगारी दर नोभेम्बरमा घटेको छ । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीवार जारी गरेको मासिक श्रमशक्तिको तथ्याङ्कअनुसार नोभेम्बरमा आधिकारिक बेरोजगारी दर ३.९ प्रतिशत थियो ।

जुन अक्टोबरमा ४.१ प्रतिशतले झरेको थियो र मार्च यताकै न्युन संख्या हो । न्युज कर्प अस्ट्रेलियाका अखबारहरूले अर्थशास्त्रीहरूले बेरोजगारी बढेर ४.२ प्रतिशत पुग्ने अनुमान गरेका थिए । अस्ट्रेलियाको केन्द्रिय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) ले नोभेम्बरमा २०२४ को अन्त्यसम्म बेरोजगारी ४.३ प्रतिशतमा पुग्ने अनुमान गरेको छ ।

यद्यपि एबीएसले अक्टोबर र नोभेम्बरको बीचमा रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको संख्या ३५ हजार ६ सयले बढेको छ भने बेरोजगारहरूको संख्या सोही अवधिमा २७ हजारले घटेको छ । अक्टोबर र नोभेम्बर बीच ५२ हजार ६ सय पूर्ण–समयका रोजगारहरू थपेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here