आयरल्यान्डलाई ३८ रनमा अलआउट गर्दै इंग्ल्यान्डले जित्यो टेस्ट


१० श्रावण २०७६, शुक्रबार २२:१३ मा प्रकाशित

काठमाडौँ । इंग्ल्यान्डविरुद्धको टेस्ट जित्ने सुनौलो अवसर आयरल्यान्डले गुमाएको छ।

लर्डसमा भएको एकमात्र टेस्टमा १८२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड दोस्रो इनिङमा केवल ३८ रनमा अलआउट भएपछि इंग्ल्यान्ड १४३ रनले विजयी भयो । यो स्कोर टेस्ट खेलमा सातौं कम योगफल हो। सबैभन्दा कम योगफल न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध १९५५ मा बनाएको २६ रन हो ।

एकदिवसीय विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई हराएर उपाधि जितेको १२ दिनपछि इंग्ल्यान्डले लर्ड्स मैदानमै टेस्ट जितेको हो । दोस्रो इनिङमा आयरल्यान्डका जेम्स म्याकुलमले सबैभन्दा बढी ११ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए । आयरल्यान्डको इनिङ ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका क्रिस ओएक्सले ६ विकेट लिए । उनले ७.४ ओभरमा २ मेडन राख्दा १७ रन दिए । स्टुवार्ड बोर्डले ४ विकेट हात पारे ।

इंग्ल्यान्डले दोस्रो इनिङमा ३०३ रन जोडेको थियो। पहिलो इनिङमा खराब ब्याटिङ गरेको इंग्ल्यान्ड ८५ रनमै अलआउट भएको थियो भने आयरल्यान्डले २०७ रन बटुलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here