चोरीको मोटरसाइकललाई निगरानीमा राख्दै ट्राफिक प्रहरी


१० श्रावण २०७६, शुक्रबार २१:५१ मा प्रकाशित

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारी साधन चेकजाँचलाई थप कडाई बनाउदै गएपछि जिल्लामा पछिल्लोपटक चोरीको मोटरसाइकलहरु फेला पर्न थालेको छ ।

लाइसेन्स र अन्य आवश्यक कागजपत्र नहुने सवारी साधनलाई मात्रै कारवाही गर्दै आएको ट्राफिक प्रहरीले चोरीको मोटरसाइकललाई पनि विशेष निगरानीमा राख्न थालेपछि चोरी भएका मोटरसाइकल फेला पर्न थालेको हो । गत, असार २६ गते नवलपुर जिल्लाको गैंडाकोटबाट हराएको ना. ३८. प. ८४३७ नम्वरको पल्सर मोटरसाइकल ट्राफिक प्रहरीले गएको असार ३० गते गरेको नियमित चेकजाँचका क्रममा चितवन भरतपुर बाट उक्त मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थियो ।

नियन्त्रणमा लिएको मोटरसाइकल धनी भरतपुर महानगरपालिका ४ विशाल चोक लंकुका मोहन आलेलाई ट्राफिक प्रहरीले आज फेला पारी बुझाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्र गिरीले जानकारी दिए । उनले ट्राफिकले जिल्लामा सञ्चालन गर्दै आएको अभियान समेत प्रभावकारी बन्दै गएको बताए ।

यता, मोटरसाइकल बुझ्दै आलेले ट्राफिक प्रहरीको यो गुन कहिले नभुल्ने भन्दै आगामी दिनमा ट्राफिक प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । साथै, उनले हराएको मोटरसाइकल भेटेकोमा आफू निक्कै खुशी भएको स्मरण समेत ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here