खडेरी लगत्तै भिषण बर्षाका कारण झापामा यस वर्ष धान रोपाई ढिलो


१० श्रावण २०७६, शुक्रबार २१:३१ मा प्रकाशित

झापा । खडेरी लगत्तै भिषण बर्षाका कारण झापामा यस वर्ष धान रोपाई ढिलो भएको छ । साउन महिनाको पहिलो सातासम्म ६५ प्रतिशत धान खेती भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

पानीका कारण कतिपय क्षेत्रमा अझैसम्म खेती गर्न सकिएको छैन । असारको अन्तिम सातामा भारी बर्षा भएको कारण जलमग्न भएका झापाका खेतमा पानी घट्न थाले पछि किसानहरु धमाधम धान रोपाईमा लागेका छन् । अझै पनि कतिपय स्थानमा पानी जमेको काराण धान खेती हुन सकेको छैन । जिल्लाको गौरिगञ्ज, कचनकवल, झापा गाउपालिका, बाह्रदशी क्षेत्रमा बढी जलमग्न हुने गरेकाले ढिलो रोपाईका लागि खसिया विऊ रोपाई गरिंदैछ ।

व्याड राख्ने समयमा खडेरी परेर समयमा विऊ राख्न नपाएकोले यस बर्ष धान खेती ढिलो भएको गौरीगञ्ज १ महाभाराका अगुवा कृषक मनोरथ भट्टराईले बताए । रोपाई ढिलो भए पछि उत्पादनमा ह्रास आउने हो की भन्ने् चिन्ता समेत किसानलाई रहेको छ ।

झापामा कुल ९० हजार हेक्टर जमिन धान खेती योग्य रहेको छ । यस मध्ये गत बर्ष ८७ हजार ५ सय हेक्टर जमिनमा धान खेती गरिएको थियो । जम्मा ४० हजार हेक्टरमा मात्र सिँचाईको सुविधा पुगेको छ भने ५० हजार हेक्टर जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here