वागमती सफाई अभियान ६०० औं हप्तामा, २० हजार मेट्रिकटन भन्दा बढी फोहोर संकलन


२४ कार्तिक २०८१, शनिबार १६:४६ मा प्रकाशित


काठमाडौं । शनिवार काठमाडौंमा सरसफाई अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रको आयोजनासमेत गरिएको थियो । कार्यक्रमबारे जानकारी दिँदै वागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सुनिल केसीले आफ्नो व्यक्तिगत समय छुट्याएर सरसफाईमा जोडिनुपर्ने बताउनु भयो ।

उहाँले सबैले आफ्नो समय छुट्याएर हप्तामा एक पटक नदीको सरसफाईमा जुट्न आह्वान गर्नुभयो । वागमती संस्कृति र संस्कारसँग जोडिएकाले पनि सरसफाईमा जोडिनुपर्ने उल्लेख गर्नुभयो । 


कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पोखरेलले वागमती सरसफाई अभियान स्वयंसेवी अभियान भएको बताउनु भयो । सातामा एक दिन दुई घण्टा राष्ट्रका नाममा स्वयंसेवक भन्ने अभियानअनुसार काम गरिरहेको बताउनु भयो । उहाँले शुरु गरेदेखि कुनैपनि हप्तामा सरसफाई नरोकिएको बताउनु भयो । उहाँले वागमती सरसफाई अभियान राष्ट्रिय जागरणको अभियान भएको बताउनु भयो । 


उहाँले अभियानमा १२ लाख मानिस जोडिनुका साथै २० हजार मेट्रिकटन भन्दा बढी फोहोर उठाएको बताउनु भयो । वागमती अभियन्ताहरुले यस समयावधिमा ६ हजार भन्दा बढी वृक्षारोपण गरिसकेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here