काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले पार्टी कार्यालयमै धर्ना दिएका छन् । शनिवार केन्द्रिय समितिको बैठक बस्नुअगाडि उनीहरुले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै कार्यलयमै धर्ना दिएका हुन् ।
उनीहरुले कार्यालयभित्रै प्लेकार्डसहति प्रदर्शन गरेका छन् । उनीहरुले की संकटमा पार्टी सम्हाल, कि ठाउँ छोड, पार्टी एकता, देशको आवश्यकता हो, रविका नामबाट नेता र सांसद बन्नेहरु रविलाई संकट पर्दा पछि हट्नु धोका हो, रविले नाम दिए, रविलाई पर्दा साथ नदिने, आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, समयले परिवर्तन खोजेको छ, आन्दोलनको विकल्प छैन, आफ्नै नेतालाई नो नट अगेन भन्ने दिन नआओस्, निर्णायक आन्दोलनको विकल्प छैन, रविको न्याय, सहकारी पीीडतको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेलमा नकोचेसम्म आन्दोलन जारी रहन्छ, देशले २२ दिनदेखि एउटा आँटिलो र गतिलो नेता खोजिरहेको छ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।