मोरङ । कटहरी गाउँपालिकाका बाढी पीडित सुकुम्बासी परिवारलाई राहत वितरण गरिएको छ । सो गाउँपालिकाको वडानम्बर ४ का बाढी पीडित १ सय २२ परिवारलाई राहत वितरण गरिएको हो ।
पीडित परिवारलाई प्रति परिवार २ थान म्याट र १ थान त्रिपाल वितरण गरिएको छ । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत र वडानम्बर ४ का वडाध्यक्ष मन्टु शेखले पीडित परिवारलाई राहत हस्तान्तरण गरे । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा आर आर एन नामक संस्थाले राहत स्वरुप म्याट र त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष शेखले जानकारी दिए ।
आर आर एनले सुकुम्बासी परिवारकालागि ५ मिटर म्याट र १ सय २५ थान त्रिपाल उपलब्ध गराएको उनले बताए । स्थानिय लोहन्द्रा र जुडी खोलाको बाढी बस्तीमा प्रवेश गरेपछि त्यहांका सुकुम्बासी परिवार पीडित भएका हुन । स्थानिय प्रहरीको उपस्थितिमा राहत वितरण गरिएको थियो ।





