श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उहाँले प्रधानमन्त्री साह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राख्नु भएको हो ।
संसदीय निमयावलीअनुसार सांसदहरुले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने अध्यक्ष राईले रक्षा र गृह मन्त्रालय, सीमा सुरक्षा लगायतका विषयमा आफू र सांसदहरुले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री साहले संसदको गरिमामाथिनै धावा बोलिरहेको भन्दै आपत्ति जनाउनु भयो ।
अध्यक्ष राईले प्रधानमन्त्री साहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ? भनि पटक पटक प्रश्न समेत गर्नुभयो ।






