उद्योग वाणिज्य महासंघद्वारा पलेशालाई ३ लाख नगदसहित सम्मान


२१ भाद्र २०८१, शुक्रबार १७:५१ मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताउनुभएको छ ।


शुक्रवार महासंघको कार्यालयमा पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई महासंघको तर्फबाट सम्मान गर्दै यस्तो बताउनुभएको हो । महासंघले गोवद्र्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

उहाँले पेरिस ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल पलेशालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने बताउनु भयो । उहाँले पलेशा जस्तो प्रतिभालाई हरेक निजी क्षेत्रका संस्थाहरुले सम्मान गर्नुपर्ने बताउनु भयो । पलेशाको जितले खेलकुद क्षेत्रमा र खेल क्षेत्रमा लाग्ने खेलाडीको लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 


सम्मान ग्रहण गर्दै पलेशाले ओलम्पिकको पहिलो मेडल जित्न पाएकोमा खुशी लागेको बताउनु भयो । उहाँले पदक जितेसँगै आफूले एउटा उद्देश्य पूरा गरेको महशुस गरेको बताउनु भयो । सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक जित्ने बताउनु भयो । उहाँले प्रयास गरे असम्भव केही नभएको बताउनु भयो ।

पहिला नै राज्यले हेरेको भए आफूले गोल्ड मेडल नै जित्ने दाबीसमेत गर्नुभयो । महासंघले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि सम्मान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here