वेब सिरिज ‘कम्पनी’ निर्माणको काम अन्तिम तयारीमा


२१ भाद्र २०८१, शुक्रबार १८:०६ मा प्रकाशित

झापा । नेपाली वेब सिरिज ‘कम्पनी’ निर्माण हुने भएको छ । क– प्रोडक्सनको ब्यानरमा आउन लागेको उक्त वेब सिरिजलाई किरण राईले निर्देशन गर्ने भएका छन् । डार्क कमेडी जनरामा निर्माण गरिन लागेको यस वेब सिरिजले बर्तमान युवाहरुको भोगाईको कथा भन्ने निर्देशक राईको दाबी छ ।


झापा र इलामका बिभिन्न स्थानहरुमा छायंकन गरिने यस वेब सिरिजलाई संयुक्त रुपमा दिलिप थाम्सुहाङ्ग, सुमित राई र शिवराज कोइरालाले खिच्ने छन् । यसको कथा भने स्वयं निर्देशक किरण राईले लेखेका छन् ।


कलकारहरु सुर्यमान लिम्बु, भुवनसिं राई, शान्ता पौडेल, उत्तम राई, सरोज खालिङ, बिराज वाँस्कोटा, तायाहाङ राई, रमेश बुढाथाेकी र निशान लुइटेलको अभिनय दर्शकहरुले कम्पनीमा हेर्न पाउने छन् । कम्पनीको निर्माता चन्द्र राई र कार्यकारी निर्माता सुरेश राई हुन । सम्पादन र कलर करेक्सन जगन राईको रहने छ ।


दिपचन राई प्रस्तुतकर्ता रहेकोे वेब सिरिज कम्पनी को पहिलो श्रृङखला ५ भागको रहने छ । यो वेब सिरिज पौषको पहिलो साता देखि दर्शकहरु माझ आउने निर्देशक राइले जानकारी गराएका छन् । कम्पनी वेब सिरिजलाई खुडकिलो युटुव च्यानल मार्फत प्रसारण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here